कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता तथा कार्यालय अवलोकन

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२४ अन्तर्गत बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरु र त्यहाँबाट गरिने कार्यहरुको बारेमा विद्यार्थीलाई जानकारी दिइएको छ ।

किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाइजेशन अफ इकोनोमिक को–अपरेशन एण्ड डेप्लपमेण्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म विश्व वित्तीय सप्ताह मनाउने गरिन्छ । सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.

Secret Link