काठमाडौं । क्लिक इन्टरनेशनल एजुकेसन स्थापनाको ९ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ । ९ औँ वार्षिकोत्सवको अवसरमा इन्टरनेशनलले आफ्नो सेवामा विद्यार्थीलाई विभिन्न छुटसहितको अफरहरू घोषणा गरेको हो ।
संस्थाले ९ औँ वार्षिकोत्सवको अवसरमा चैत ७ गतेदेखि १७ गतेसम्म विद्यार्थीलाई अंग्रेजी र जापानीज भाषा तयारी कक्षामा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।
यसका साथै उक्त समयावधी भित्र संस्थाको सेवा लिने विद्यार्थीलाई विशेष छुटका साथै विभिन्न उपहारहरूको समेत व्यवस्था गरिएको इन्टरनेशनलले जनाएको छ ।
वैदेशिक शिक्षा अन्तर्गत अमेरिका, जापान, अष्ट्रेलिया, क्यानाडा, बेलायत, युएई लगायतका मुलुकमा शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलव्ध गराउँदै आएको संस्थाले विद्यार्थी र अभिभावकको चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय सेवामा प्रतिवद्ध भएको जनाएको छ ।
संस्थाका प्रवन्ध निर्देशक गोविन्द खनालले समयसापेक्ष र सन्दर्भिक सेवा प्रदान गर्ने उद्देश्यले खोलिएको यस संस्थाले स्थापनाको ९ वर्षको अवधिमा थुप्रै आरोह र अवरोर पार गर्दै विद्यार्थीलाई गुणस्तरीय र भरपर्दो सेवा उपलव्ध गरेको बताए ।
उनले भने,‘यस संस्थालाई विश्वास, माया, गर्नुहुने सम्पूर्ण विद्यार्थी, अभिभावकप्रति कृतज्ञता प्रकट गर्दछौँ र तपाईहरूको माया, सहयोग र हौसालालार्ई सधैभरी मन, मुटुमा राखी कदर गर्दछौँ ।’
यसका साथै उनले नेपाल शैक्षिक परामर्श संघ(इक्यान), जापानीज भाषा स्कुल संघ (जालसान) र कम्प्युटर एसोसियसन नेपाल (क्यान) जस्ता संघबाट यस संस्थालाई सहयोग र विश्वास गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । विभिन्न मुलुका विश्वविद्यालय र तिनका प्रतिनिधिले देखाएको विश्वासका कारण नै सेवा प्रवाह गर्न सहज भएको उनको भनाइ छ।
क्लिक इन्टरनेशनलले काठमाडौँ, बुटवल र कपिलवस्तुमा आफ्नो शाखा विस्तार गरेको छ । यसले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलव्ध गराउनुका साथै सेमिनार, विभिन्न शैक्षिक संस्थाहरू बारे जानकारी, भिसा प्रोसेसिङका लागि सहजिकरण गर्दै आएको छ ।
प्रबन्ध निर्देशक खनालले संस्थाको उद्देश्य भनेको विद्यार्थीलाई विदेश गएर शिक्षा आर्जन गर्ने मात्र नभई उनीहरूले आफ्नो शैक्षिकस्तरको विकास सँगसँगै आफ्नो लक्ष्यको प्राप्तिको निमिक्त पनि सबल र योग्य हुन सकुन् भन्ने हिसावले सेवा प्रदान गर्दै आएको बताउँछन् ।
Comments are closed.