काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा समृद्धि फाइनान्सले वित्तीय सारक्षता कार्यक्रममार्फत बैकिङ कारोबार सम्बन्धी जानकारी गराएको छ ।
बुधवार जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट सञ्चालन भएको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
“Protect your money, secure your Future” भन्ने मूल नाराका साथ जनकपुर शाखाबाट मोडल कलेज, जनकपुर–४ का बि.बि.ए. प्रथम सेमेस्टारका ५० जना विद्यार्थीलाई, खरेन्द्रपुर शाखाबाट क्वालिटी एजुकेसनका ४० युवा, इटहरी शाखाबाट सिमरवन राधाकृष्ण महिला समूहका २५ महिलालाई र औरही शाखाबाट बिजुलपुर बजारका २० स्थानीयलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिइएको छ ।
अनावश्यक खर्चलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार, यसका अवसर र चुनौतीको विषमा सहजिकरण गरिएको छ ।
विश्व वित्तीय सप्ताह २०२४, को अवसरमा फाइनान्सले आफ्ना सबै शाखाबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।






Comments are closed.