वित्तीय साक्षरता कार्यक्रमलाई जोड दिदै कामना सेवा विकास बैंक

काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले विहिवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२४, अन्तर्गत बैंकले अमलटारी, पोखरामा इको टुरिजम कृषि समुह तथा इको टुरिजम युथ क्लबको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका कावासोती शाखा प्रमुख हरिप्रसाद सापकोटा र डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले सजिकरण गरेको कार्यक्रममा क्लबका ४० जना भन्दा बढी सदस्य सहभागी थिए । बैंकिङ सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी गराउन वित्तीय साक्षरता कार्यक्रमलाई जोड दिइएको छ ।

बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा धेरै जानकारी लिन पाइने भएकाले बेला–बेलामा वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् । किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाइजेशन अफ इकोनोमिक को–अपरेशन एण्ड डेप्लभमेण्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ ।

सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो सेवाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.

Secret Link