वित्तीय साक्षरता कार्यक्रमलाई सप्ताहव्यापी सञ्चालन गर्दै ‘सांग्रिला डेभलपमेन्ट बैंक’

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम गरेको छ ।

बैंकले विभिन्न शाखामार्फत देशव्यापी रुपमा विश्व वित्तीय सप्ताह २०२४, को अवसरमा वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम गरिरहेको छ ।

‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौँ’ भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी सहभागी थिए । मार्च १८ देखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम मार्च २४ गतेसम्म निरन्तर रुपमा सञ्चालन गरिने बैंकले जनाएको छ ।

बैंकलाई जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

 

You might also like

Comments are closed.

Secret Link