समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बिहिवार बुटवल शाखामा शुक्रवार कसाहा शाखा र बनेपा शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

“Protect your money, secure your Future” भन्ने मूल नाराका साथ बुटवल शाखाबाट साधना महिला विद्यालयका ८६ जना छात्रा विद्यार्थीलाई, कसाहा शाखाबाट दिव्यशक्ति तरकारी खेती पकेट समुह धनगडी माइ ७ फुलकाहाका ४९ किसानलाई र बनेपा शाखाबाट काभे्र मल्टीपल क्याम्पसका ५३ जना विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको फाइनान्सले जनाएको छ ।

अनावश्यक खर्चलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा सहजिकरण गरिएको छ । विश्व वित्तीय सप्ताह २०२४, को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने प्रतिद्धता जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.

Secret Link