वित्तीय शिक्षा अभिबृद्धि गर्न सचेतनामूलक कार्यक्रम

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय शिक्षा अभिबृद्धिका लागि सचेतनामूलक कार्यक्रम गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२४, अन्तर्गत गत चैत ९ गते नुवाकोट आदर्श बहुमुखी क्याम्पस बिदुर ४ बट्टारमा सचेतनामूलक कार्यक्रम गरेको हो ।
क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी, शिक्षकलाई लक्षित गरी वित्तीय शिक्षा अभिबृद्धि गर्न आयोजना गरिएको सचेतनामूलक सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।

बैंकका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रमको सहजिकरण गरेका हुन् । कार्यक्रममा क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायणमान डंगोल, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटी लगायत सहभागी थिए ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका हुन् । विश्व वित्तीय सप्ताहको अवसरमा आयोजना गरेको कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ । सो कार्यक्रमबाट सहभागीले शेयर लगानी सम्बन्धी ज्ञान हासिल गरेका छन् ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी देशव्यापी रुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिबृद्धि गर्ने उद्धेश्यले स्थापित अन्तर्राष्ट्रिय संगठन द अर्गनाजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेप्लभमेण्ट तथा अन्तर्राष्ट्रिय नेटवर्क अन फाइनानसियल एजुकेशनको विश्व वित्तीय सप्ताह २०२४, गत चैत ५ गतेदेखि ११ गतेसम्म देशैभरी विभिन्न कार्याक्रम आयोजना मनाइएको छ ।

आरविवि मर्चेन्ट बैकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतीशत लगानीमा स्थापित संस्था हो ।

You might also like

Comments are closed.

Secret Link