माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो विश्व वित्तीय सप्ताह

काठमाडौं । माछापुच्छ्रेले बैंक लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४, भव्य रुपमा मनाएको छ ।

देशका ७ वटै प्रदेशमा शैक्षिक संस्था, स्थानीय क्लबसंग समन्वय गरेर विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तक्र्रिया कार्यक्रम गरी देशैभर विश्व वित्तीय साक्षरता सप्ताह मनाइएको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने कार्यक्रम अनुसार यसवर्ष पनि मार्च १८ तारिख देखि २४ तारिखसम्म मनाइएको हो ।

“Protect Your Money Secure Your Future”  भन्ने मुल नाराका साथ बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।

कार्यक्रम अवधिमा बैंकले बैंकिङ सम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरु, डिजिटल सेवाको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयमा विस्तृत जानकारी दिइएको छ ।

ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकामा वित्तीय साक्षरता अभिबृद्धि गर्न, वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । सोही अनुरुप युवावस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु¥याउने विश्वासका साथ बैंकले हरेक वर्ष ग्लोबल मनी सप्ताह मनाउदै आएको छ ।

यस बैंकले ग्राहकलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

 

 

You might also like

Comments are closed.

Secret Link