काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ७ प्रदेशमा रहेका आफ्ना २५ शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
“Protect your money, secure your future” भन्ने नाराका साथ वित्तीय सप्ताह २०२४ को अवसरमा मार्च १८ गतेदेखि २४ सम्म वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।
यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, हल्दीबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापतिचोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बागमती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल र कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।
यस कार्यक्रममा सहभागी युवा तथा विद्यार्थीलाई वित्तीय साक्षरताको आवश्यकता र महत्व, वित्तीय साक्षरताको अवस्था, विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा जानकारी दिइएको बैंकले जनाएको छ ।
नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत यस कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुनुका साथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखारहित बैंकिङ ईकाइबाट १७ लाख ३६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको यस बैंकले यसै आर्थिक वर्षमा थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा ६० जिल्लामा सेवा प्रदान गर्ने जनाइएको छ ।






Comments are closed.