राष्ट्रिय वाणिज्य बैंकद्वारा साढे पाँच हजारमाझ वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विश्व वित्तीय सप्ताहको अवसरमा करिव साढे पाँच हजारलाई वित्तीय साक्षरताबारे जानकारी दिएको छ ।
बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको यस कार्यक्रमबाट ५ हजार ५९० जना लाभान्वित भएका छन् । विश्व वित्तीय सप्ताह २०२४ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका ७ प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

यही चैत ५ गतेदेखि ११ गतेसम्म विश्व वित्तीय सप्ताह २०२४ “Protect your money, secure your Future”  भन्ने मुल नाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

jutta mela

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशभरीका शाखा कार्यालयले विद्यार्थी, युवा, प्रहरी, कर्मचारी, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ आदत सिकाउन वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

You might also like

Comments are closed.