माछापुच्छ्रे बैंकको सिद्धार्थनगरमा नवनिर्मित कार्यालय भवन शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ मा नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ ।

मंगलबार नवनिर्मित कार्यालय भवन सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँ र माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसंीले संयुक्त रुपमा उद्घाटन गरे ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाकले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशी व्यक्त गर्दै बैंकलाई अझै उचाईमा अगाडी बढाउन सञ्चालक एंव व्यवस्थापन समितिलाई शुभकामना दिएका छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष केसीले यस बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पु¥यााउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको बताए । उनले बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारी लगायत सहभागी थिए ।

You might also like

Comments are closed.

Secret Link