काठमाडौं । कामना सेवा विकास बैंकले लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियो काठमाडौं संग सेवा शुल्क छुट सम्बन्धी सम्भmौता गरेको छ ।
बैंकका ग्राहकले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने सम्झौता भएको छ ।
बैंकको ग्राहकले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबाट बैंकसंग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो सेवाहरु प्रदान गरिरहेको छ ।
Comments are closed.