गोर्खाज फाइनान्सका नवनियुक्त अध्यक्ष बुढाथोकीले लिए पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलबाट बुढाथोकीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । कार्यकारी निर्देशक पौडेलले शपथ गराउँदै बुढाथोकीको आगामी कार्यकालको लागि सफलताको शुभकामना दिएका छन् ।

वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डेकिन्द्रकुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजिनामा दिए पश्चात् रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक गौरव बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले दिएका छन् ।

हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टरसहित ७ प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज र सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले बताएका छन् ।

You might also like

Comments are closed.

Secret Link