समृद्धि फाइनान्सका ग्राहकलाई कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा भारी छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले कालिन्चोक बुक्स एण्ड स्टेशनरी, पुतलिसडक काठमाडौसंग समझदारी गरेको छ ।

विहिवार भएको समझदारी अन्तर्गत यस फाइनान्सका ग्राहकले आज देखि समृद्धि मोबाइल बैकिङ, डेविड कार्ड तथा सिआईपिएस प्रयोग गरी स्टेशनरीमा कुनैपनि किताबको भुत्तानी गर्दा २० देखि २५% छुट पाउनेछन् ।

यस सुविधाबाट फाइनान्सका ग्राहक लाभान्वित हुनेछन् । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा तर्फबाट संस्थापक पुष्करराज कार्कीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

 

You might also like

Comments are closed.