सांग्रिला बैंकको नयाँ मोबाइल बैंकिङ सुविधा

पोखरा, ५ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी नयाँ मोबाइल बैंकिङ सुविधा ल्याएको छ । नयाँ मोबाइल बैंकिङ (बैंक स्मार्ट) मा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेट्रिक लग इन, क्युआर पेमेन्ट, मोबाइल टपअप, एअर टिकट खरिद जस्ता विभिन्न अन्य सुविधाहरु सहित बैंक स्मार्ट भि फाईभको शुरुवात गरेको छ ।

मोबाइल एप्सबाट ग्राहकवर्गहरुले आफूसंग रहेका मोबाइलबाट माथि उल्लेख गरिएका विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन् । नयाँ सुविधा भएको मोबाइल बैंकिङ (बैंक स्मार्ट) एप्स एसएमएस र जिपिआरएस दुबैबाट प्रयोग गर्न सकिन्छ ।

यस सेवा बैंकले हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेको हो । यसका साथै बैंकले अन्य विभिन्न प्रकारका बैंकिङ सुविधाहरु जस्तै मोबाइल बैंकिङ, लकर, एटिम, इन्टरनेट बैंकिङ, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

You might also like

Comments are closed.