पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर बन्दै

आर्थिक आवाज
पोखरा, ६ जेठ । पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर बन्ने सम्भावना प्रबल बनेको छ । खेलाडीको उपचारका लागि पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर स्थापनाका लागि गरिएको प्रस्तावमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले १५ लाख रकम छुट्याइदिन अर्थ मन्त्रालयलाई सिफारिश गरेपछि पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर बन्ने सम्भावना प्रबल बनेको हो ।

आगामी बजेटमा पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर बन्ने पक्काजस्तै छ–उनले भने,‘विभागीय मन्त्रालयले नै रकम विनियोजनका लागि सिफारिश गरेर पठाइसकेकाले बजेट पर्छ भन्ने निश्चित छ ।’ पोखरा रंगशालास्थित नयाँ बनेको बहुउद्देश्यीय कभर्ड हलको पश्चिमतर्फ रहेको एउटा कोठामा मेडिकल सेन्टर स्थापना गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । २ महिनाभित्रमा मेडिकल सेन्टर स्थापना गरिसक्ने उनको भनाई छ ।

jutta mela

प्राथमिक उपचार रंगशालाभित्रै गर्ने गरी स्थापना गर्न लागिएको मेडिकल सेन्टर ५ बेडको हुनेछ । पछि बढाएर १० बेडको बनाइने अध्यक्ष श्रेष्ठले बताए । मेडिकल सेन्टरमा २ जना चिकित्सक वा सिनियर नर्स राखिने उनले बताए । उनका अनुसार पोखराका चलेका हस्पिटलहरुबाट महिनामा २ दिन २ जनाको दरले चिकित्सक वा नर्स भोलन्टियरली सहयोग मागिनेछ । त्यसका लागि केहि हस्पिटलसँग कुरा हुँदा सकारात्मक जवाफ आएको अध्यक्ष श्रेष्ठले बताए ।

मेडिकल सेन्टरमा प्राथमिक उपचारका लागि आवश्यक पर्ने फष्र्ट एड बक्स, आइभी स्ट्याण्ड, रक्तचाप नाप्ने मेसिन, थर्मोमिटरलगायतका मेडिकल सामानहरु राखिने उनले जानकारी दिए । उनका अनुसार स्पाइनल बोर्ड, सर्भाइकल बोर्ड, ब्याञ्डेज, स्ट्रिचेज सामानहरु, मुटुको चाल नाप्ने पल्स मेसिन, नेबुलाइजेर मेसिन, सक्सन मेसिन, एयर–वे, मोनिटरलगायतका सामानहरु सेन्टरमा राखिनेछ । सेन्टरमा ह्विल चेयर तथा कार्यालयका लागि केहि फर्निचरका सामानहरु पनि राखिने जनाइएको छ । मेडिकलमा निःशुल्क उपचारसँगै औषधीपनि निःशुल्क दिइने योजना रहेको श्रेष्ठले बताए । मेडिकल स्थापनाका लागि आवश्यक सामाग्री करीब १० लाख खर्च लाग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

खेलाडी सामान्य घाइते हुँदापनि उपचारका लागि बाहिर जानुपर्ने परिस्थितिको अन्त्यका लागि मेडिकल सेन्टर स्थापना गर्न लागिएको श्रेष्ठले बताए । उनले भने,‘खेलाडी खेल्दाखेल्दै घाइते हुन्छन्, अनि रुवाउँदै ऐइया र आत्था गर्दागर्दै उपचारका लागि बाहिरको हस्पिटल लैजानुपर्ने बाध्यता छ, यो बाध्यता हटाएर रंगशालामै उपचार गर्ने ब्यबस्थाका लागि प्रयास गरेका हौं ।’ उनले हाल प्राथमिक उपचार गरेर बाहिर रिफर गर्ने स्पोर्टस मेडिकल सेन्टर भएपनि पछि यसलाई ब्यबस्थित गर्दै अस्पतालकै रुपमा विकास गरिने बताए । उनले गण्डकी प्रदेशका जुनसुकै जिल्लामा पनि खेलाडी घाइते भए उनीहरुको उपचारपनि मेडिकल सेन्टरमै हुने खालको बनाउने योजना रहेकोपनि सुनाए ।

You might also like

Comments are closed.