दिमाग कसरी बढाउने ? लेखनाथमा शुक्रबार हुँदैछ ‘माइन्ड पावर सेमिनार’

आर्थिक आवाज
पोखरा, ७ जेठ । माइण्ड पावर डेभलपमेन्ट सिस्टम (एमपिडिएस) को प्रस्तुतिमा कास्कीको लेखनाथमा पहिलो पटक ‘माइन्ड पावर सेमिनार’ हुने भएको छ । जेठ १० गते शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा दिउसो ३ बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम हुनेछ । लायन्स क्लब अफ लेखनाथ सुनगाभा र बेगनास ताल नगरीको सहयोगमा कार्यक्रम हुन लागेको समाजसेवी तथा लायन्स लिडर महेश पौडेलले जानकारी दिए ।

जीवनमा कसरी सफलता प्राप्त गर्ने शुत्रसहित स्मरणशक्तिको विकासका बारेमा विशेष प्रस्तुति कार्यक्रममा रहनेछ । अभिभावक र विद्यार्थीबीचको दुरी घटाउन गर्नुपर्ने व्यवहार लगायत जीवनउपयोगी ज्ञान कार्यक्रमबाट प्राप्त गकिने पौडेलले बताए । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रममा सहभागी भइ ज्ञान हासिल गर्न सम्पूर्ण लेखनाथ बासीमा पौडेलले आग्रह गरेका छन् । इन्टरनेशनल विजनेश कोच डा. नवल पजियारको प्रशिक्षण रहनेछ ।

You might also like

Comments are closed.