काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्घटनामा परी मृत्यु भएका परिवारलाई दुर्घटना बिमा रकम हस्तान्तरण गरेको छ । बैंकले न्यू स्मार्ट तलव खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको हो ।
बैंकको आर्दशनगर विरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबुप्रसाद यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि उनकी पत्नी शोभा यादवले बिमा बापतको रकम दाबी गरेकी थिइन् । यादवले गरेको दाबी अनुसार उनलाई बिमा रकम हस्तान्तरण गरिएको हो ।
बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले मृत्यु दाबी चेक मृतक यादवकी पत्नी शोभा यादवलाई हस्तान्तरण गरेका छन् ।
बैंकले न्यू स्मार्ट तलव खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, १ लाखसम्म अस्पताल भर्ना एवम् औषधी उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.