एनसेल ‘सधैं अन’, डिजिटल भविष्यको पाइला

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भइको कम्पनी मध्येको एक एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगैं अब ग्राहकले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्या झेल्नुपर्ने छैन ।

ग्राहकलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डो¥याउन ‘सधैं अन’ नाम रहेको यस योजना ल्याइएको हो ।

उपभोक्ताका आवश्यकता परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरु किनमेल, यात्रा, बैंकिङ कारोबार लगायत अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधैं अन’ अर्थात अनलाईन बस्न इन्टरनेट धेरै आवश्यक रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले बताए ।

ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुक सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पु¥याउनु यो योजनाको अवधारणा रहेको छ । हाल चाहे त्यो एनसेल होस् वा नेपालका अरु सेवा प्रदायकका प्लानहरु हुन् इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोग वापत ब्यालेन्स कटाइदिर्ई रहेको हुन्छ ।

सो समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको छ । ‘सधैं अन’मार्फत एनसेल ग्राहकका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिवद्ध रहेको र ग्राहकका सुझावलाई विषेश ध्यानमा राखेर डेटा प्याकलाई सरल बनाउँदै ५ दर्जन बढी डेटा प्याकलाई २० वटामा झारेको छ । यो योजनाको ठूलो उद्देश्य भनेको नेपाली ग्राहकलाई फाइभजीका लागि तयार पार्नु रहेको छ ।

“फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० भन्दा बढी देशमा यो प्रविधि पहिले नै आईसकेको छ । भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस् । तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, तपाईको डेटा ‘सधैं अन’ हुनुपर्छ,” कायुमोभले भने ।

फाइभजीको अर्थ केवल दु्रत इन्टरनेट मात्र होइन, यसको वास्तविक अर्थ भनेको अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता हो । जसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटन लगायतका क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्दछ । मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ । सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ ।

नेपाली मोबाइल फोन प्रयोगकर्ताको आवश्यकता र माग बढ्दै गएपनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ । १० मध्ये २ जनामात्रै नेपालीले नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्छन् । साथै, औसत प्रति ग्राहक प्रति महिना डाटा खपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशको तुलनामा कम हो ।

‘सधैं अन’ मा के छ?
एनसेलको ‘सधैं अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरि ३ वटा समुहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु सञ्चालनमा ल्याएको छ । यसमा ७ दिनको समयसिमा हरेको रु ९८ बाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १४९९ पर्ने सम्मको विभिन्न प्लानहरु रहेका छन् ।

हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ्ग रहेको छ र यी प्लानहरु ग्राहकलाई विद्यमान शुल्क भन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ । यसका साथै ‘सधैं अन’सुचारु गर्नुहुने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन् ।

उदाहरणका लागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ ।

त्यस्तैगरी रु ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

आफ्नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ ।

जस्तै ः यस प्लान अन्तर्गत रु १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याक अन्तर्गतको सेवाहरु २८ दिनको लागि मान्य रहन्छ । ग्राहकले एष्ट्रिक्स १२३ ह्यास डायल गरी सजिलै आफ्नो आवश्यकता अनुसार कुनैपनि ‘सधैं अन’ प्लान लिन सक्छन् ।

You might also like

Comments are closed.