पोखरा ११ का ३० जना महिलालाई सौन्दर्य सिप तालिम

पोखरा । पोखराको वडा नं. ११ मा सौन्दर्य सिप तालिम सम्पन्न भएको छ । पोखरा महानगर वडा नं. ११को आयोजनामा एक सातासम्म भएको तालिम बिहीबार सम्पन्न भएको हो ।

तालिममा ३० जना सहभागी थिए । समापनको अवसरमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सिपमुलक तालिममा प्रशिक्षार्थीहरुको उत्साहजक सहभागिता रहेको बताए । ‘आगामी दिनमा पनि यस्ता सिपमुलुक कार्यक्रम गर्नुपर्छ भन्ने सन्देश मिलेको छ,’ उनले भने ।

वरिष्ठ सौन्दर्यबीद तथा गुरुङ व्युटिपार्लरका सञ्चालक चिनु गुरुङले सौन्दर्य तालिम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरिन् ।

वरिष्ठ सौन्दर्यबीद गुरुङसहित प्रिती थापा, निरु बोहोरा, कुसुम कुमाल, अनुजा महतो लगायतले तालिममा सहभागीलाई प्रशिक्षण दिएका हुन् ।

You might also like

Comments are closed.