वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तक्र्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आथिक वर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रहरुमध्ये उत्कृष्ट ३ वटा केन्द्रलाई नगद सहित पुरस्कार वितरण गरिएको छ ।

शाखा कार्यालय अन्तर्गत शैक्षिक सत्र २०७९ मा एसईई परिक्षामा ग्राहक सदस्यका छोराछोरी मध्यबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र नं ७५ समुह नं. ४ मा आवद्ध सदस्य साईली माया लामाकी छोरी लक्ष्मी लामालाई रु.१० हजार नगद पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रम केन्द्र नं. ६३ का प्रमुख पुनादेवी राईको अध्यक्षतामा भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रहरी कार्यालय लेले, ललितपुरका प्रहरी सहायक निरीक्षक भिमबहादुर कोइरालाले लघुवित्तले लिएको महान लक्ष्य गरिवी निवारण रहेकाले यसमा प्रहरीको पुर्ण साथ रहने बताए ।

संस्थाका केन्द्रीय कार्यालयका नायव विभागीय प्रबन्धक मोहित नारायण यादवले हाल देशमा वित्तीय संस्थाका बारेमा भइहेका नराम्रा कुराबाट सर्तक रहन सदस्यलाई आग्रह गरेका छन् ।

इलाका कार्यालय ठिमी, भक्तपुर क्लस्टरका रेखाकुमारी खैरगोलीले लघुवित्तबाट प्रदान भइरहेको सेवाको प्रयोग गरी आयआर्जनमा बृद्धि गर्न सुुझाव दिइन् । कार्यक्रममा करिव ७० जना ग्राहक सदस्य तथा अभिभावक सहभागी थिए ।

 

 

You might also like

Comments are closed.