पोखरा । हजुरलाई नमस्ते ट्रेड लिंकको शाखा पोखरामा सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमबीच गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारीले शाखाको शुभारम्भ गरेका हुन् ।
उक्त अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले व्यावसायिक क्षेत्रको प्रवर्द्धन तथा विकासमा सरकार प्रतिबद्ध रहेको बताए ।
पोखरा तथा आसपासका क्षेत्रका व्यवसायीलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक ताराबहादुर कुँवरले बताए ।
पोखराको चाउथेचोकमा रहेको शोरुममा हेभी इक्विपमेन्ट तथा निर्माण क्षेत्रका लागि आवश्यक पर्ने सामग्रीहरु बिक्री वितरण हुनेछ । ‘हामी पोखरा क्षेत्रका ग्राहकको सेवाका लागि आतुर छौं,’ उनले भने ।
Comments are closed.