१४ औँ दुध दिवस : विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल डेरी एशोसियसनले १४ औँ दुध दिवसको विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । सोमवार स्वयम्भु, भगवानपाउस्थित त्रिरत्न आवासिय विद्यालयमा नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा वतmृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी विद्यालयबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम मिलन धर्मस्थली स्कुल कक्षा ९ का विद्यार्थी कृष्टिना सिम्खडा, द्वितीय गोल्डेन गार्डेन स्कुल कक्षा ९ का विद्यार्थी अमृता राना, तृतीय पद्मकन्या माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी मदिमा न्यौपाने, सान्त्वना अनमोल ज्योति स्कुल कक्षा १० मा अध्ययनरत विद्यार्थी मृदुला अर्याल र मेघा पब्लिक स्कुल कक्षा ८ मा अध्ययनरत विद्यार्थी विवेक ढुंगाना भएका छन् । प्रतियोगितामा १५ विद्यालयका ३० जना विद्यार्थी सहभागी थिए । कार्यक्रममा निर्णायक मण्डलमा साहित्यकार उषा आचार्य र सरस्वती पाण्डे (सरस) रहेका हुन् ।

प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरीले उपस्थित सबैलाई धन्यवाद दिँदै प्रतियोगितामा विजयी हुने विद्यार्थी एवं विद्यालयलाई प्रमाणपत्र, शिल्ड, मेडल र पुरस्कार वितरण गरे । नेपाल डेरी एशोसिएसनले दुग्ध क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन भएको र बोर्ड सधैं एशोसिएसनले गरेका क्रियाकलापमा साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल डेरी एशोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले हरेक स्कुलमा यस्ता कार्यक्रमहरु गर्दै जानुपर्ने बताए । उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डि.बि. बस्नेतले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने नेपाल डेरी एशोसिएसनलाई धन्यवाद दिदै दूध तथा दुग्ध पदार्थ प्रयोग गर्नको लागि सबैलाई आह्वान गरेका छन् ।

कार्यक्रमका सभापति एवं नेपाल डेरी एशोसिएनका अध्यक्ष प्रल्हाद दाहालले यस्ता कार्यक्रमहरू हरेक स्कुलमा हरेक वर्ष गर्दै जाने र स्कुलमा दूध तथा दुग्ध पदार्थको वितरण गरी अन्य पेय पदार्थभन्दा दूध, मही, दही, लस्सी सेवन गर्नको लागि अनुरोध गर्दै एशोसिएसन सधैं दुग्ध क्षेत्रको प्रवद्र्धनमा लागिरहेको बताएका छन् ।

कार्यक्रममा पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, एन प्याब्सन केन्द्रिय उपाध्यक्ष डम्बर कार्की, स्कुलस् फोरमका अध्यक्ष जयराम लामिछाने, त्रिरत्न स्कुलका प्रधानाध्यापक एवं समाजसेवी राजु लामा, नेपाल डेरी एशोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, दुग्ध उद्योगी सदस्यहरु एवं विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, शिक्षक लगायत करिव ६ सय जनाले सहभागीता जनाएका थिए ।

नेपाल डेरी एशोसिएसनका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक दिपप्रसाद धमलाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई दुग्ध पदार्थ समावेश मायाको चिनो प्रदान गरिनुका साथै मही सेवन गराइएको छ ।

 

You might also like

Comments are closed.

Secret Link