ईक्यानले सार्वजनिक गर्यो वैदेशिक अध्ययनबारे राजेश हमाल अभिनित भिडियो

काठमाडौं । महानायक राजेश हमाल अभिनित सूचनामुलक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंको आरन्य बुटिक होटलमा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले एक कार्यक्रम आयोजना गरी महानायक हमालद्वारा अभिनय गरिएको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमार्फत वैदेशिक अध्ययनमा जादा सोँचेर बुझेर मात्र जानुपर्ने एवम् समय र प्रविधिको उच्चतम प्रयोग गर्दै कलेज तथा युनिभरसिटिमा रकम पठाउदा सम्बन्धित शैक्षिक संस्थाको खातामा मात्र पठाउनुपर्ने जस्ता सन्देशमुलक सूचना प्रवाह गरिएको छ ।

ज्ञानको सिमा असिमित हुने हुँदा उच्च शिक्षाका लागि जहाँ गएर अध्ययन गरिएतापनि आफु जन्मिएको माटो भुल्न नहुने र हासिल गरेको ज्ञान, सीप र अनुभवलाई आफ्नै माटोमा सदुपयोग गर्नुपर्ने भिडियोको सन्देश छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले यस भिडियो सन्देशले समाजमा सकारात्मक सन्देश प्रवाह हुने र महानायक राजेश हमाल जस्ता व्यक्तिले यस्ता सन्देशहरु प्रवाह गर्दा सरोकारवालालाई वैदेशिक अध्ययनको सम्बन्धमा चेतनाको अभिबृद्धि हुने देखिएको भन्दै ज्ञानआर्जन गर्नका लागि संसारमा कुनै सिमा नरहेको बताएका छन् ।

ब्राण्ड एवम मिडिया विभागको संयोजक आशिक कार्कीको संयोजनमा तयार पारिएको यस भिडियोले विद्यार्थी, अभिभावक एवम् सरोकारवालालाई सकारात्मक सुझाव दिने विश्वास लिइएको छ । वैदेशिक अध्ययनको दृष्टिकोणका बारेमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न यस भिडियो सफल माध्यम बन्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको सञ्चालन महासचिव दिपकराज भुसालले गरेका हुन् । भिडियो अनावरण कार्यक्रममा अध्यक्ष शेषराज भट्टराई, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, पूर्व अध्यक्ष परिषदका संयोजक राजेन्द्र बराल, पूर्व अध्यक्षहरु दिपक गुरुङ्ग तथा बिष्णुहरी पाण्डे, सल्लाहकार एवम् कार्यसमितिका पदाधिकारी लगायत सहभागी थिए ।

 

 

You might also like

Comments are closed.

Secret Link