केयरमार्क हस्पिटलले प्राइम कमर्सियल बैंकका ग्राहक तथा कर्मचारीलाई छुट दिने

काठमाडौं । केयरमार्क हस्पिटल र प्राइम कमर्सियल बैंक लिमिटेड बीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई बिशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा प्राइम कमर्सियल बैँक लेकसाइड शाखाका शाखा प्रवन्धक दिनेशकुमार श्रेष्ठ एवं पोखरा—०६, लेकसाइडस्थित केयरमार्क हस्पिटलका प्रवन्ध निर्देशक डा. शंकर पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले हस्पिटलको सेवा सुबिधा लिएबापत बिल भुक्तानीमा १०% र प्राइम बैँकका कर्मचारीले १५% सम्म छुट पाउनेछन् ।

यस सेवा सुबिधा प्राप्त गर्न ग्राहकले बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैँकिङद्वारा बिल भुक्तानी गर्नुपर्नेछ । प्राइम बैँकका कर्मचारीले कर्मचारी परिचय पत्र देखाउनुपर्नेछ ।

You might also like

Comments are closed.