प्रभु बैंकका ग्राहकलाई गेटवे हिमालय रिसोर्ट र हार्नेस जिपलाइनमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडले गेटवे हिमालय रिसोर्ट र हार्नेस जिपलाइन संग छुट सम्बन्धी सम्झौता गरेको छ ।

कुश्मामा अवस्थित हार्नेस जिपलाइन र बेँसीसहरस्थित गेटवे हिमालय रिसोर्ट प्रालिले यस बैंकका कर्मचारी तथा ग्राहकलाई त्यहाँका सेवामा विशेष छुट उपलब्ध गराउने गरी सम्झौता भएको छ ।

एक समारोहका बीच हार्नेसका प्रबन्ध निर्देशक शुनिल थापा, गेटवेका सञ्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख अधिकृत राजु राना मगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड, क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युत्तीय माध्यमबाट बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालीगण्डकीमा ¥याफ्टिङ गायतका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै गेटवे हिमालय रिसोर्ट प्रालिमा उपलब्ध आवासमा २० प्रतिशत, खाना र मनोरञ्जन लगायतका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।

You might also like

Comments are closed.