कामना सेवा विकास बैंकका ग्राहकलाई जय सिद्धबाबा चस्मा पसलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहक तथा कर्मचारीलाई बुटलमा रहेको जय सिद्धबाबा चस्मा पसलले छुट दिने भएको छ ।

सेवा छुट सम्बन्धी बैंक र पसलबीच सम्झौता गरिएको छ । सम्झौता अन्तर्गत बैंकका ग्राहक र कर्मचारीले चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा सुविधामध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जाल तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत सेवाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.