प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई यूआरएलमा बिशेष छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले पोखरामा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल) मा छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र यूआरएल बीच सम्झौता गरिएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीले यूआरएलको स्वास्थ्य प्रयोगशालाबाट उपलब्ध थाइराइड, क्यान्सर, मधुमेह, मिर्गौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायत परीक्षण शुल्कमा छुट पाउने समझदारी गरिएको बताइएको छ ।

सम्झौताअनुसार यूआरएलले ल्याब परीक्षण सेवा शुल्कमा बैंकका ग्राहकलाई २० प्रतिशत र कर्मचारीलाई २५ प्रतिशत छुट दिने भएको छ । यूआरएलसँग जोडिएका पोखरासहितका १८ बढी ल्याबमा ग्राहकले छुट पाउन सक्नेछन् ।

सम्झौतामा युनाइटेड रेफरेन्स ल्याबोरेटरीका अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकका म्यानेजर गणेश सुवेदीले हस्ताक्षर गरेका छन् । बैंकले हाल ३०२ शाखा, २८५ एटीएम, ७० बढी एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

You might also like

Comments are closed.