चन्द्रागिरी हेरिटेज मोटर र्याली तथा नेसनल अटोक्रस च्याम्पियनसिप सम्पन्न

काठमाडौं । चन्द्रागिरी हेरिटेज मोटर र्याली तथा नेसनल अटोक्रस च्याम्पियनसिप चन्द्रागिरीमा सम्पन्न भएको छ ।

पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य शिशिर खनालले फ्ल्याग अफ गरी शुभारम्भ गरेको ¥याली धोबीघाट–जाउलाखेल–थापाथली–त्रिपुरेश्वर–न्युरोड जुद्धसालिक–ठमेल–बालाजु–स्वयम्भू–बल्खु–कीर्तिपुर–भत्केपाटी–मच्छेगाउ हुँदै मातातीर्थ पुगेर सम्पन्न भएको हो ।

टिडिएस सिस्टमको सो मोटर र्यालीमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो, प्रवेश पौडेल र प्रज्वल पौडेल दोस्रो र आशिष भारती र गौरवमान तुलाधारको जोडी तेस्रो भएका छन् । चन्द्रागिरीकै मदन भण्डारी खेलमैदानमा भएको नेसनल अटोक्रस च्याम्पियनसिपमा मोटर स्पोर्ट्सका रेसिङ लाइसेन्स प्राप्त ड्राइभरले आफ्नो स्पीड र स्किल प्रर्दशन गरेका छन् ।

अस्थायी ट्रर्याकमा ११ जना ड्राइभरलाई पछि पार्दै आशिष भारती नेसनल क्याटेगोरीमा प्रथम भएका छन् । चन्द्रागिरीकै विप्लक श्रेष्ठले दोस्रो स्थान हासिल गरे । सोही ट्रर्याकमा भएको नोभिस क्याटेगोरीको रेसिङ्गमा लाक्पा सोनम शेर्पा पहिलो र राजकुमार कार्की दोस्रो भए ।
तीनवटै विधाका विजयी र सहभागीलाई चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपाल र आयोजक क्लब एनएमएसआरका पदाधिकारीले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

विजेतालाई मोटो स्पोर्ट्सको एसिया प्यासिफिक अटो जिमखानामा सहभागी गराइने कार्यक्रम संयोजक अनिल बरालले जानकारी दिए । चन्द्रागिरीमा रहेर काठमाडौं उपत्यकाभरी सक्रिय रहने गरी सुरु भएको वाइल्ड विस्स नेपाल क्लबलाई समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागीले चन्द्रागिरीलाई साहसिक खेलको केन्द्र बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

 

You might also like

Comments are closed.