काठमाडौं । बरपिपल रेसोर्ट प्रा.लि र प्राइम कमर्सियल बैँक लिमिटेड बीच ग्राहक तथा कर्मचारीलाई बिशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंका लेकसाइड शाखाका शाखा प्रवन्धक दिनेशकुमार श्रेष्ठ एवं पोखरा—०६, लेकसाइड, स्ट्रिट नं.२८ स्थित बरपिपल रेसोर्टका रेसिडेन्ट प्रवन्धक पदम न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले रेसोर्टको खाना तथा पेयपदार्थमा १०% छुट, स्पामा २०% छुट र अन्य सेवामा बिशेष छुट पाउनेछन् ।
यस सुबिधा प्राप्त गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट बिल भुक्तानी गर्नुपर्नेछ । बैंकका कर्मचारीले कर्मचारी परिचय पत्र देखाउनुपर्नेछ ।
Comments are closed.