काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ । नेप्से परिसूचक ६ दशमलव ३७ अङ्कले बढेर २१ सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको छ ।
आज ३१२ कम्पनीको एक करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ८५८ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह ० दशमलव १८, जलविद्युत् समूह ० दशमलव ६१, निर्जीवन बीमा ० दशमलव ४८ र व्यापार समूह ० दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह १ दशमलव ०७ प्रतिशतले बढेको छ ।
बैङ्किङ ० दशमलव ८३, विकास बैङ्क ० दशमलव ११, लगानी ० दशमलव १२, जीवन बीमा ० दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह ० दशमलव ६० प्रतिशतले बढेको छ । लघुवित्त ० दशमलव ८८, म्युचुअल फन्ड ० दशमलव ३३ र अन्य समूह ० दशमलव ३४ प्रतिशतले बढेको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४ दशमलव ४८ प्रतिशतले घटेको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २७ करोड ६३ लाख ६० हजार ४९१ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको नौ लाख ५१ हजार २०७ कित्ता शेयर किनबेच भएको छ । रासस
Comments are closed.