काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको खरेन्द्रपुर शाखाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भएको छ ।
यस फाइनान्सले बुधवार शिवराज नगरपालिकाका ४० जना ज्येष्ठ नागरिकलाई शाखा परिषरमा खादा ओढाएर ग्लूकोजले सम्मान गरेको हो ।बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरका बारेमा अन्तक्र्रिया समेत गरिएको फाइनान्सले जनाएको छ ।
यस फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधा निशूल्क प्रदान गरिरहेको छ ।
Comments are closed.