गण्डकी नारी सम्मानबाट डा.आलियामा सम्मानित

पोखरा । विश्वको पहिलो महिलाहरु मात्र आवद्ध लायन्स क्लव अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकी शिक्षाबिद् डा.अलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेको छ ।

भारतको केरलामा जन्मिएर पोखरालाई २०१७ साल देखि कर्मभूमि बनाउँदै यस क्षेत्रको शैक्षिक विकाससंगै सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गर्दै अएकी डा.अलियामालाई नगद रु २५ हजार र सम्मान पत्र सहित ‘गण्डकी नारी सम्मान’ कार्यक्रमबाट सम्मानित गरिएको हो । यसअघि सञ्चारकर्मी निर्मला शर्मा, गायिका बाबा राणा, समाजसेवी राधा कुँवर लगायतलाई क्लवले सम्मान गरिसकेको छ ।

क्लवले ११ बर्षदेखि नियमितरुपमा शिक्षा, स्वास्थ्य, वातावरण लगायत समाज सेवाका विभिन्न क्षेत्रमा कार्य गरेका महिलाहरु मध्येबाट प्रत्येक बर्ष यो सम्मान प्रदान गर्दै आएको क्लवका पूर्व अध्यक्ष एवं लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपालका कोचिफ एडभाईजर बिमला श्रेष्ठले बताइन ।

सम्मान कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पत्रकार एवं साहित्यकार बबिता बस्नेतले ३७ बर्ष पहिले पोखराका महिलाले खोलेको विश्वकै पहिलो महिला मात्र सम्मिलित क्लवले समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई बर्षेनी सम्मन गर्दै आएकोमा प्रशंसा गरिन् । उनले यस पटक गण्डकी लायन्सले नेपालकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने डा.अलियामालाई सम्मान गरेर आपूmलाई उत्कृष्ट क्लवका रुपमा स्थापित गरेको बताइन् ।

उनी भन्छन्, ‘नेपालमा लायन्स क्लवले समाज समाज सेवाका क्षेत्रमा धेरै महत्वपूर्ण कार्र्यहरु गरेका छन्, त्यसमध्ये तपाईले गरेको नारी सम्मान कार्यक्रम झनै उत्कृष्ट छ, समाज सेवामा लागेका महिलालाई यस्ता सम्मानले थप उर्जा र हौसला प्रदान गर्ने छ’ । प्रमुख अतिथि बस्नेतले नेपालमा पछिल्लो समय शिक्षा, चेतनासंगै इन्टरनेट प्रविधिको तीव्र विकासले सामाजिक विखण्डन ल्याउन थालेको बताईन ।

शिक्षाविद् जर्ज जोनले लायन्सले समाज विकास र सेवाका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए । उनले गण्डकी लायन्सले गरेको सय सम्मानले महिलालाई सेवाका क्षेत्रमा योगदान गर्न उत्पे्ररित गर्ने बताए । लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपालका द्धितिय भाइस गभर्नर प्रजापति बास्तोलाले नारीको सम्मान गरेमात्र समाज समृद्ध बन्ने बताए ।

डा.माया लामाले सम्मानित डा.अलियामाले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउदै उनीबाट शिक्षा लिएकाले पूर्वपश्चिमदेखि मेची, महाकालीसम्म सेवाका क्षेत्रमा रहेको बताइन् । सम्मानित व्यक्तित्व डा.अलियामाले विश्वकै महिलाले मात्र नेतृत्व गरेको यस क्लवले गरेको सम्मानबाट गौरवान्वित भएको बताइन् । उनले पोखरा क्षेत्रमा आपूmले देखेको विगतलाई सम्झदै क्रमश समाज रुपान्तरण भएको बताउँदै महिलालाई घरपरिवार र समाजमा कार्य गर्ने वातावरण अझै नबनेको उल्लेख गरिन् ।

पोखरास्थित रहेको पृथ्वीनारायण क्याम्पसको स्थापना गर्न महत्वपूर्ण योगदान गरेका शिक्षाविद् जर्ज जोनकी धर्मपत्नी समेत रहेकी उनले लामो समय सोही क्याम्पसमा अध्यापन गराएकी थिइन् । भmण्डै तीन दशक पियन कलेजको अध्यायनपछि जर्ज जोनसंगै लामोसमय पोखरास्थित अमससिंह स्कूलमा अध्यापन गराएकी हुन् ।

 

 

You might also like

Comments are closed.

Secret Link