काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो सेवा क्षेत्रलाई फराकिलो बनाउन शाखा कार्यालय विस्तार गरेको छ ।
बैंकले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ४ तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ भएको छ ।
पाँचखालमा नयाँ शाखा विस्तार भएसंगै बैंकको शाखा कार्यालयको संख्या २८८ पुगेको छ । हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।
साथै क्युुआर कोड, पिओएस, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा विना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।
Comments are closed.