नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २ दशमलव २७ अङ्कले बढेर २ हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको हो ।

आज ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ४८ हजार ७०६ पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ ० दशमलव १४, वित्त २ दशमलव ६२, जलविद्युत् ० दशमलव ३२, लघुवित्त ० दशमलव १४, निर्जीवन बीमा समूह ० दशमलव १७ र अन्य समूहको उपसूचक ० दशमलव १६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक समूह ० दशमलव १२, होटल तथा पर्यटन ० दशमलव ३६, लगानी ० दशमलव १८, जीवन बीमा ० दशमलव १३, उत्पादन तथा प्रशोधन समूह ० दशमलव ४३, म्युचुअल फन्ड ० दशमलव ०७ र व्यापार समूह १ दशमलव ३२ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ८८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङख्याका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २० करोड २३ लाख ३८ हजार १४० बराबरको २ लाख ८५ हजार ४० कित्ता शेयर किनबेच भएको छ । रासस

lcci
You might also like

Comments are closed.