काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र (डिबेन्चर) निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम डिबेन्चर निष्काशन गर्न लागिएको हो ।
संस्थाको सञ्चालक समितिको हिजो असार ५ मा बसेको बैठकबाट रु एक हजार प्रति दरको रु २६ करोड बराबरको डिबेन्चर निष्काशन गर्ने निर्णय गरिएको बताइएको छ । आठवर्षे अवधि रहने सो डिबेन्चर २ लाख ६० हजार संख्याको रहनेछ । ऋणपत्रको ९ प्रतिशत व्याजदर रहनेछ भने ६/६ महिनामा व्याज भुक्तानी हुने गरी जारी गरिनेछ ।
यस सम्बन्धमा अन्य नियामकीय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात डिबेन्चर निष्काशन गरिने गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन् ।
Comments are closed.