वालिङ नगरपालिकाको नीति तथा कार्यक्रम तथा ८६ करोड ४७ लाख बजेट प्रस्तुत

वालिङ । वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागी ८६ करोड ४७ लाख २१ हजार ५ सयको बजेट सार्वजानिक गरेको छ । १६औँ नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एव्ां बजेट सार्वजानिक गरेको हो । नगर सभामा नगर प्रमुख कृष्ण खाँणले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षमा नगरले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने अभिप्रायले जीवनशैली प्रर्वद्धन, भान्सा सुधार तथा ४० वर्ष नाघेकाका नागरिकलाई नसर्ने रोगको न्युनिकरणका लागी सामुदायिक नर्स तथा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गर्ने, महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई सुनौलो अवकास योजना, मेयरसंग जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख खांणले प्रस्तुत गरेको निति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै निति तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट निस्कने मेडिकल जन्य फोहोरहरुको उचित व्यवस्थापन गरिने, योग अभ्यास र पञ्चकर्मलाई प्राथमिकता दिने उल्लेख छ । उपमेयरसंग पोषिलो झोला लगायतका स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण नीति लिएको छ । त्यस्तै शिक्षामा विद्यालयलाई प्रविधिमैत्री बनाइने, उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने, विद्यालयलाई बालमैत्री र अपांगमैत्रि बनाइने उल्लेख छ ।

एक वडा एक खेलमैदान, मेयर उपमेयर कप खेलकुद प्रतियोगिता, कमाउँदै पढ्दै कार्यक्रम, सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन प्रोत्साहन गरिने, शिक्षकलाई राजनीतिक दलसंग आबद्ध हुन नपाउने व्यवस्था कडाईका साथ लागू गरिने, कृषि तथा पशुपालनमा अनुदानका कार्यक्रमलाई निरन्तरता दिने, मासु, अण्डा उत्पादनमा प्रोत्साहन गरिने, कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, नगरपालिकाका सेवालाई प्रविधिमैत्री बनाइने, विदेशी पर्यटकलाई वालिङमा कम्तीमा दुईदिन बस्ने वातावरण मिलाउने, नगरभित्रका योजनाहरु महिला उपभोक्तामार्फत कार्यान्वयनलाई प्राथामिकता दिने उल्लेख गरिएको छ ।

कार्यक्रममा उपप्रमुखद्धारा कविता तिवारीगैह्रेद्धारा प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागी आन्तरिक स्रोत ६ करोड, संघिय वित्तिय समानीकरण अनुदान १५ करोड १० लाख, संघिय सरकार राजस्व बाँडफाँड १ करोड ५७ लाख २६ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड, राजस्व बाँडफाँड १ करोड ५७ लाख २६ हजार, घरजग्गा रजिष्टे«शनबाट १ करोड, विज्ञापन करबाट ६१ लाख ९८ हजार गरी ८६ करोड ४७ लाख २१ हजार ५ सयको आय प्रक्षेपण गरिएको छ भने व्ययतर्फ आर्थिक विकासमा ५ करोड रहेको छ ।

सामाजिक विकासतर्फ ५ करोड पुर्वाधार विकासतर्फ ९ करोड, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रतर्फ २ करोड, विपदतर्फ १ करोड न्यायिकतर्फ १८ लाख प्रशासनमा १ करोड, कार्यालय ंसञ्चालन तथा प्रशासकियतर्फ ८ करोड, शसर्त अनुदानतर्फ ४२ करोड ४७ हजार रहेको छ । कार्यक्रममा विभिन्न विकास समितिका संयोजकहरुले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

You might also like

Comments are closed.