गरिमा विकास बैंकमा नाट्टा गण्डकी प्रदेशका व्यवसायीलाई सहुलियत कर्जा

पोखरा । गरिमा विकास बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ ।

नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जामा सहुलियत सहितको सेवा उपलब्ध गराउन सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई ५ वर्षसम्म ५ लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिइन् । उनले यस प्रावधानमार्फत व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालनमा सहयोग पुुगी त्यसबाट लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा नाट्टा गण्डकी प्रदेशका पदाधिकारी, गरिमा बैंक लेकसाइड शाखाका प्रमुख सहित बैंकका कर्मचारी लगायत सहभागी थिए । व्यवसायिक हकहितका साथै पोखरासहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा नाट्टा गण्डकी प्रदेशले सक्रियताका साथ आफ्ना गतिविधि बढाइरहेको छ ।

You might also like

Comments are closed.