समृद्धि फाइनान्स खरेन्द्रपुर शाखाको प्रथम बार्षिकोत्सव सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड खरेन्द्रपुर शाखा कार्यालयले प्रथम बार्षिकोत्सव मनाएको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले शिवराज नगरपालिकाका स्थानीय व्यापारी, वचतकर्ता, बुद्विजिवी, समाजसेवी लगायत सहभागी थिए ।

यस फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.