बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ?

काठमाडौं । दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा गर्नेको संख्या पनि धेरै छ । तर, धेरै बाइक चालकलाई सवारी चलाउने सही तरिका थाहा नहुने भएकाले गल्ती गर्ने र दुर्घटनाको सिकार समेत हुने गरेको छ ।

बाइक रोक्दा पहिले ब्रेक थिच्ने कि क्लच थिच्ने भन्ने जानकारी हुनु आवश्यक छ । यो ब्रेकिङको स्थितिमा भर पर्छ । अर्थात् तपाई कहाँ ब्रेक लगाउनुहुन्छ, किन ब्रेक लगाउनुहुन्छ, ब्रेक लगाउँदा बाइकको गति कति छ र बाइक कुन गियरमा छ, यसले निर्धारण गर्छ । ब्रेक थिच्ने कि क्लच थिच्ने भन्ने जानकारी चार अवस्थामा हुनु आवश्यक छ ।

पहिलो स्थिति
ट्राफिकमा फसेको छ वा अगाडि जनावर आयो वा अगाडिको गाडी रोकियो भने, यस्तो अवस्थामा बाइक पूर्ण रूपमा रोक्न आवश्यक पर्छ । यहाँ क्लच र ब्रेक दुबै दबाउनुपर्छ । यसले बाइक रोकिन्छ तर इन्जिन बन्द हुँदैन ।

jutta mela

दोस्रो स्थिति
बाइक स्पिडमा छ र बाइकको स्पिड घटाउनको लागि मात्र ब्रेक लगाउनु परेमा यस्तो स्थितिमा ब्रेक मात्र प्रयोग गर्नुपर्छ । त्यसपछि मात्र क्लच दबाएर गियर डाउनसिफ्ट गर्नुपर्छ ।

तेस्रो स्थिति
बाइकको स्पिड ५० देखि ६० किलोमिटर प्रति घण्टाको गतिमा छ र कुनै कारणले १० देखि १५ किलोमिटर प्रति घण्टाको गतिमा चलाउनु आवश्यक परेमा बाइकको ब्रेक मात्र दबाए पुग्छ । यस्तो अवस्थामा हल्का ब्रेक लगाएपछि थ्रोटल प्रयोग गरेर बाइकलाई उही गतिमा फर्काउन सकिन्छ ।

चौथो स्थिति
कुनै पनि आपतकालीन अवस्थामा जस्तैः ट्राफिक जाममा, राजमार्गमा र बढी वा कम गतिमा बाइक चलाउँदा बाइक अचानक रोक्नुप¥यो भने क्लच र ब्रेक दुवै एकैसाथ प्रयोग गर्नुपर्छ । यस्तो अवस्थामा बाइकको माइलेजमा ध्यान दिनु हुँदैन ।

 

You might also like

Comments are closed.