पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत सङ्कलन भएको छ ।
पोखरा महानगरपालिकाका सहकारी समिति अध्यक्ष रविरमण तिवारीले रक्तादानको ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरे । उनले रक्तदान जीवनदान भएको बताउँदै यसको महत्वबारे प्रकाश पार्दै महानगरभित्रका सहकारीमा खासै समस्या नदेखिएको बताउँदै उनले यहाँका सहकारीलाई चुस्त दुरुस्त राख्नका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले बताए । अध्यक्ष परियारको अध्याक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शरणकुमार प्रधानले र स्वागत कार्यक्रम संयोजक गीता थापाले गरेको बताइएको छ । सहकारीका सात सिद्धान्तबारे लेखा समिति सदस्य भीमकुमारी खत्रीले बताएकी हुन् । सहकारीका पूर्व अध्यक्ष एवम् सल्लाहकार मेघराज पौडेल, जिल्ला सहकारी संघ कास्कीका लेखा सुपरिवेक्षण समिति सदस्य बिमला थापा बस्नेत, सहकारीका उपाध्यक्ष कमलबहादुर पुन लगायतले आफ्ना भनाई राखेका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगनगौडा साकोसका अध्यक्ष बसन्त पौडेल, गगन महिला विकास साकोसका अध्यक्ष पद्मा बास्तोला, नेपा रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र प्राविधिक प्रमुख महेन्द्र केसी, प्राविधिक टोली सदस्य अञ्जु नेपाली लगायत सहभागी थिए ।






Comments are closed.