काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भिमलाल पौड्यालको नियुक्ति अनुमोदन गरेको छ ।
सभाले रिक्त रहेको सर्वसाधारण तर्फबाट ईन्द्रप्रसाद लामीछानेलाई चयन गरेको हो । कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा बुधबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । समीक्षा आर्थिक वर्षको वासलात, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।
यस अपर हेवाखोला हाईड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई लाभांश दिन सकेन । कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ चैत देखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।




Comments are closed.