भुर्तेल आधारभुत विद्यालयलाई लायन्स क्लब अफ पोखरा किरणको फर्निचरका सामग्री सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा किरणले पोखरा महानगरपालिका २८ स्याङ्गखुदीस्थित भुर्तेल आधारभूत विद्यालयमा फर्निचरका सामग्री सहयोग गरेको छ । क्बले विद्यालयमा एक कार्यक्रम गरी एक लाख १५ हजार रुपैयाँ मुल्य बराबरको फर्निचरका सामग्री (डेस्क बेन्च) वितरण गरेको हो ।

स्वर्गीय लायन किरण श्रेष्ठको जन्मदिनको अवसर पारेर विद्यालयलाई १०/१० थान डेस्क र बेन्च, एकथान पानी डिस्पेन्सर सहयोग गरिएको छ । स्वर्गीय लायन श्रेष्ठको सम्झना गर्दै स्थापना भएको लायन्स क्लब अफ पोखरा किरणले क्लब स्थापनाको छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेख्य कामहरु गर्दै आइरहेको छ ।

सामाजिक कामको साथसाथै मोडलिङ, फेसन डिजाइनिङ्गमा सफल, पोखराको चिप्लेढुँगा सञ्चालित सलिमा फेसन बुटिकका सञ्चालक समेत रहेकी क्लबकी अध्यक्ष रोशनी छिनालले विद्यालयमा गरेको सो सामग्रीको खर्च व्यवस्थान गर्ने जनाएकी छन् ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ के का पिएमसिसी लायन दिपक श्रेष्ठले महानगर भएपनि कठिन भूगोलमा रहेको र आर्थिक रूपमा कमजोर रहेको यस विद्यालयलाई पठनपाठनमा अति आवश्यक पर्ने डेस्क, बेन्च उपलब्ध गराएकोमा क्लबलाई धन्यवाद दिए ।

क्लबका एक्सटेन्सन चेयरपर्सन लायन सरिश्मा सापकोटाले क्लबका सदस्यको हौसला बढाउन क्लबको आफ्नै पिन वितरण गरिन् । कार्यक्रममा डिस्ट्रीक्ट पिआरओ चिफ लायन टिकाराम सापकोटा, जिएलटि एरिया कोअर्डिनेटर लायन भोलानाथ ओझा, रिजन चेयरपर्सन लायन जिवनराज सापकोटा, जोन ३५ का जोन चेयरपर्सन लायन गणेश सापकोटा, लायन्स क्लब अफ पोखरा संगमका अध्यक्ष लायन कोपिला श्रेष्ठ, सचिव गौरी ओझा लगायत सहभागी थिए ।

विद्यालयलाई आवश्यक सामग्री सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल बास्तोला र प्रधानाध्यापक लक्ष्मीप्रसाद भुर्तेलले धन्यवाद दिएका छन् । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष लायन नारायणी बराल र सञ्चालन क्लबका सचिव लायन उमा सापकोटाले गरेको बताइएको छ ।

You might also like

Comments are closed.

Secret Link