काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रसिद्धराज अर्याल र नायब महाप्रबन्धकमा सुभाष जमरकटेललाई बढुवा गरिएको छ ।
यही विहिवार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत र जमरकटेललाई नायब महाप्रबन्धकमा बढुवा गर्ने निर्णयअनुसार सो पदमा बढुवा गरिएको बैंकले जनाएको छ ।
काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन सङ्कायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।
यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध छन् । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका हुन् ।
यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् । उनीहरु दुबै जना आफ्नो बैंकिङ करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।
Comments are closed.