बन्दिपुरहिलमा साउनमा ‘शिव महिम्नाहा उत्सव’ हुदै

तनहुँ । तनहुँको बन्दिपुरमा ‘शिव महिम्नाहा उत्सव’ हुने भएको छ । पर्यटन पूर्वाधारयुक्त केवलकार गुरुयोजना बन्दिपुरहिलले साउन १ गते देखि ३२ गतेसम्म हुने ‘शिव महिम्नाहा उत्सव’ गर्ने जनाएको छ ।

साउन महिना भगवान् शिवको महिना भएकाले सांस्कृतिक एवं धार्मिक कार्यक्रम आयोजना गरी ‘शिव महिम्नाहा उत्सव’ गर्न लागेको हो । प्रत्येक दिन साँझमा बन्दिपुरहिलको वटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती शुरु हुनेछ ।

प्रज्वलित आरती केवलकारको माध्यमबाट भजनकिर्तन गर्दै बन्दिपुर बजारमा रहेको माँ खड्गदेवी मन्दिरसम्म पुर्याईने बताइएको छ । जुन मन्दिरमा भगवान् शिवजीले न्यायीक राज्य प्रशासनको सुरक्षा कवँचको रुपमा तत्कालीन पराक्रमी राजा मणि मुकुन्द सेनलाई वरदान स्वरुप दिएको साक्षात तरवार रहेको छ ।

यस मन्दिरमा ल्याएर दिव्यदेवी आरती गर्ने र भजनकिर्तन सहित सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको ‘शिव महिमा उत्सव’ आयोजक समितिका संयोजक किरण पोख्रेलले बताए । प्रत्येक सोमबार वोलवम पद तथा रोप यात्राको विशेष कार्यक्रम समेत उत्सवमा समावेश गरिएको छ ।

मस्र्याङ्गदी नदीबाट जल उठाई यात्रा शुरुवात हुनेछ र पदयात्रामार्फत केवलकार चोकमा रहेको चट्टानबाट बनेको सिद्धेश्वर महादेवको विशेष दर्शन, पुजा आरधना गरिने, प्राङ्गणमा रहेका ३३ कोटी देवीदेवताको मुर्ति दर्शन गराउने, शिवजीको विराट ध्यानमग्न मुर्तिको स्वरुप दर्शन गराउने, नाँचगान भजन गराउदै केवलकार सवारी गराई माँ खड्गदेवी मन्दिर परिक्रमा गराउने कार्यक्रम छ ।

साथै बन्दिपुरको तिनधारामा रहेको तिनधर्के महादेवको ज्योर्तिलिङ्गको विशेष दर्शन पुजा आरधना, भजनकिर्तन सहित फर्कने र पुनः माँ खड्गदेवी मन्दिरमा विशेष पुुजा आरधना गरेपछि केवलकारमार्फत वटम स्टेशनमा फर्कने र विशेष धार्मिक सांस्कृतिक कार्यक्रममा सहभागिता गराउने कार्यक्रम रहेको छ ।

वोलवम कार्यक्रमको दिन विहान ९ बजे देखि १० बजे सम्मका वोलवममा सहभागी तिर्थयात्रीको लागी केवलकारको टिकट मुल्य कार्यक्रम सहयोगको रु. २ सय मात्र राखिएको छ । यस उत्सवको अन्य समयमा समेत विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ । जसमा केवलकारको टिकट रु.५ सय र ३०० बराबर मुल्यको सात्विक भोजन खिर पुरी भाजी थाली निःशुल्क उपलब्ध गराउने बताइएको छ । ‘शिव महिम्नाहा उत्सव’ धार्मिक भावना प्रवद्र्धन गर्न आयोजना गरिएको कम्पनीले जनाएको छ ।

 

You might also like

Comments are closed.

Secret Link