७ प्रदेशका सिटिजन्स बैंकको १३४ शाखाबाट वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ प्रदेशमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वटै प्रदेशमा रहेका विभिन्न १३४ शाखा कार्यालयबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८ शाखामार्पmत विभिन्न उमेर समुहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति र अन्य समुहलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रम आयोजना गरी करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य भएको छ ।
कार्यक्रमको अवसरमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा प्रकाश पारिएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बंैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्न समेत कार्यक्रमबाट आग्रह गरिएको छ ।

साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । आफ्ना शाखा कार्र्यालयमार्पmत बैंकले विभिन्न विद्यालय र संघ संस्थालाई सहयोग प्रदान गरेको हो । जसअन्र्तगत बैंकको चामे शाखाले चामे मनाङमा अवस्थित लोकप्रिय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकालाई न्यानो स्वेटर उपलब्ध गराएको छ ।

बैंकको कोहलपुर शाखाले कौसिल्य अस्पताल कोहलपुर बाँकेसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सामान्य चिकित्सा र आँखाको जाँच तथा निःशुल्क औषधी वितरण गरिएको स्वास्थ्य शिविरबाट करिब एक सय जना लाभान्वित भएका छन् । साथै बैंकको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई ५ थान ३ सिटर बेन्च उपलब्ध गराएको छ । यस कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

 

 

 

You might also like

Comments are closed.