दिवा खाजालाई स्थानीय उत्पादन संग जोड्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पहिलो निर्णय विद्यालय पोषण दिवा खाजालाई स्थानीय उत्पादन संग जोड्ने निर्णयलाई सदर गरेकी छन ।

मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् । पदभार ग्रहण गर्दै प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्मका विद्यार्थीलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुने समितिले स्थानीय कृषि उत्पादनलाई दिवा खाजामा जोड्न राष्ट्रिय प्रारूप तयार गर्नेछ ।

You might also like

Comments are closed.