पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रीराम पोख्रेल नियुक्त भएका छन् । संस्थाले २०८१ साउन २ गतेदेखि लागू हुने गरि पोखरेललाई नियुक्ति गरेको हो । पोखरेलले आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उनलाई कार्यालयमा स्वागत गरेका छन् ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोख्रेलले विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापनको जिम्मेवारीमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै १३ वर्षभन्दा बढीको लामो अनुभव संगालेका छन् ।
वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोख्रेलले विगतमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ वर्षभन्दा बढि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाालिसकेका छन् । पोख्रेल यसअघि आइएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडमा विभागीय प्रमुखको जिम्मेवारी समाल्दै आएका थिए ।
ग्लोबल आइएमई लघुवित्तले मुलुकभर ५४ जिल्लाका १२० वटा शाखा कार्यालयमार्फत १ लाख ५५ हजार सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.