रोटरी क्लब अफ रामपुरको वर्ष २०२४/२५ को अध्यक्षमा कृतिनाथ श्रेष्ठ

रामपुर (पाल्पा) । रोटरी क्लब अफ रामपुरको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२३/२४ का अध्यक्ष सागरप्रसाद देवकोटाले वर्ष २०२४/२५ का लागि कृतिनाथ श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेका छन् ।

नमस्ते पाल्पा होटलको सभाहलमा कार्यक्रम गरी वर्तमान अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गरिएको हो । कार्यक्रममा रोटरी क्लब अफ रामपुरका निवर्तमान अध्यक्ष देवकोटाले कलर, रोटरी, डिष्ट्रीक ३२९२ नेपाल भुटान जोन २५ का एजि नरेश पौडेलले ह्याम्वर तथा ग्यावल र रोटरी क्लब अफ रामपुरका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले चार्टड सटिफिकेट प्रदान गरेका हुन् । कार्यक्रममा रोटरी क्लव अफ डिष्ट्रीक ३२९२ नेपाल भुटान जोन २५ का एजि पौडेलले अध्यक्ष श्रेष्ठलाई र अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारीलाई पद तथा गोपिनियताको सपथ सपथ ग्रहण गराएका छन् ।

पद ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्दै सबैको साथ र सहयोगको आवश्यक हुने बताए । उनले विगतमा सुरुवात गरेका कार्यलाई निरन्तरता दिने र कार्ययोजना बनाएर थप परियोजना सञ्चालन गर्ने जानकारी दिए । अध्यक्ष श्रेष्ठले रोटरी इन्टरनेशनलको विधान तथा विनियमको परिधिभित्र रहेर मानविय सेवाका काममा सक्दो सहयोग पुर्याउने र क्लबको छविलाई अझ उचाइमा पुर्याउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नयाँ पदाधिकारीलाई शुभकामना व्यक्त गर्दै रोटरी क्लब अफ रामपुरका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य श्रेष्ठले क्लबले आफ्नो गतिविधिमार्फत रामपुरको पहिचानलाई थप वृद्धि गर्न सफल भएको बताए । क्लबको माध्यमबाट शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा परियोजना सञ्चालन संगै आफ्ना ज्ञान र अनुभव आदनप्रदान गरेर अघि बढ्न रोटरीयनलाई आग्रह गरे । रोटरी डिष्ट्रीक ३२९२ नेपाल भुटान जोन २५ का एजि रोटरीयन पौडेलले सबै क्षेत्रका व्यक्तिको प्रतिनिधित्व गराएर अघि बढ्न सुझाव दिएका छन् ।

आरआई ३२९२ नेपाल भुटान जोन २५ रोटरी वर्ष २०२३/२४ का एजि रोटरीयन सुनिल श्रेष्ठले रोटरी क्लबको बारेमा जानकारी दिदै पहिचान दिने गरी काम गर्दै अघि बढ्न आग्रह गरे । रोटरी क्लव अफ रामपुरका निवर्तमान अध्यक्ष देवकोटाले गत वर्ष केही काम सम्पन्न भएपनि अझ धेरै काम गर्न बाँकी रहेकाले सबैको सहकार्यमा गरिने बताए । पूर्वी पाल्पा समाज रुपन्देही बुटवल रामपुरका महासचिव भोजराज न्यौपानेले शुभकामना राखेको कार्यक्रममा रोटरी क्लब अफ रामपुरका कोषाध्यक्ष सुर्य खनालले वर्तमान अध्यक्षको बारेमा जानकारी दिएका हुन् ।

रोटरी क्लब अफ रामपुरका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रेसिडेण्ट इलेक्ट गोविन्दप्रसाद देवकोटाको स्वागतबाट सुरु भएको थियो । सहभागीलाई पे्रसिडेण्ट नोमिनी राधिका भण्डारीले धन्यवाद दिएको कार्यक्रमको सञ्चालन क्लबका सचिव कृष्णप्रसाद भट्टराईले गरेका हुन् । चौथो पद हस्तान्तरण कार्यक्रमको अवसरमा रोटरी शिक्षा पदक आर सि रामपुरका लागि विभिन्न व्यक्तिले अक्षयकोष निर्माण गर्न रकम घोषणा गरेका छन् । सन २०२१/२२ मा स्थापना भएको रोटरी क्लव अफ रामपुरको नेतृत्व पहिलो वर्ष राजुप्रसाद श्रेष्ठ, दोस्रो वर्ष रुद्रनारायण श्रेष्ठ, तेस्रो वर्ष सागरप्रसाद देवकोटाले गरिसकेका छन् ।

You might also like

Comments are closed.

Secret Link