खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । गत जेठ १ देखि असार ३१ गतेसम्म रहेको यस ६३ दिने अफरमा १० लाख भन्दा बढी प्रयोगकर्ता सहभागी भएका रहेको बताइएको छ ।

अफर अन्तर्गत ५ विजेताले एगकिबच NS 200 FI ABS बाइक, एक जनाले आइफोन १५ मोबाइल, ९ जना भन्दा बढिले Honor X7b स्मार्टफोन, १ जनाले गेमिङ ल्यापटप साथै हरेक दिन १ जना विजेताले वासिन्ङ मेसिन, स्मार्ट टिभी, स्मार्टफोन, स्मार्ट घडीहरू, एयर बढहरू, माउन्टेन फ्लाइट देखि इन्टरनेट प्याकेज जस्ता सयौँ उपहारहरू जितेका छन् ।

यस जात्रामा भित्रिएको ‘सेयर अ कोड’ मा सहभागीले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गरेका छन् । ६ लाख भन्दा बढी कुपन बनाएर सेयर गर्दै प्रयोगकर्ता स्वयम् खल्ती इन्फ्लुन्सर बनेका थिए भने साथीहरूले सो प्रोमोकोड प्रयोग गरी अफर र क्यासब्याकको लाभ लिन सफल भएका छन् । करोडौँ डिजिटल खुत्रुके फुटाइए भने खल्तीले खुत्रुके मार्फत करोडौँ बराबरका उपहारहरू प्रदान गरेको छ । यसका साथै खल्तीबाट गरिने हरेक भुक्तानीमा स्क्रयाच कार्ड उपलब्ध थियो । जसमार्फत प्रयोगकर्ताले एक करोड वटा भन्दा बढीको स्क्रयाच कार्डहरू पाएका छन् ।

यस अफर अवधिभर विजेता छनोट प्रक्रियालाई पारदर्शी बनाउँदै खल्तीले आफ्नो फेसबुक लाइभमार्फत पाँचवटा एगकिबच बाइकका विजेताहरू घोषणा गरेको छ । जसमध्ये ब्रह्म देव महतो (राउन्ड १), प्रशना श्रेष्ठ (राउन्ड २), स्वाभिमान जनरल स्टोर्स (राउन्ड ३), सुन्दरकुमार जोशी (राउन्ड ४) र थापा किराना पसल (बोनस राउन्ड) रहेका छन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागी हुने सबै प्रयोगकर्ता साथै साझेदारप्रति आभार व्यक्त गरेका छन् । उनी भन्छन्, “हामीले यस योजना मार्फत लाखौँ प्रयोगकर्तालाई डिजिटल भुक्तानीमा अभ्यस्त बनाउने लक्ष्य लिएका थियौँ, यो लक्ष्यमा सफल भएर नै द बिगेस्ट जात्रा सफल भएको हो भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

ISO 27001 M 2013 बाट मान्यता प्राप्त साथै WITSA ग्लोबल इनोभेसन र टेक एक्सेलेन्स अवार्ड २०२२, देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पु¥याएको योगदान गरेबापत नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ । खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारीको परिवारमा रूपान्तरण भएको छ ।

सबै नेपालीमा वित्तीय साक्षरता पु¥याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

 

 

You might also like

Comments are closed.

Secret Link